खोजि गर्नुहोस..

ओलीले भने – सिङ्गो देश उज्यालो बनाउने सुर्य हामी सगं छ, हामीले कोहिसँग मोर्चाबन्दी गर्न पर्दैन ।

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुर्योदयमा सुर्यको जीत निश्चित भएको बताएका छन् । इलामको सुर्योदयमा आयोजित बृहत जनसभा एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुर्यले जित्ने ठाउँ भएकै कारण ठाउँको नाम सुर्योदय भएको बताए ।

उनले सुर्यलाई जित हासिल गर्न जुनकिरीहरुको जस्तो मार्चाबन्दी गर्न आवश्यक नरहेको बताएका छन् । अध्यक्ष ओलीले भने – सिङ्गो देश उज्यालो बनाउने सुर्य हामी छ, हामीले कोहिसँग मोर्चाबन्दी गर्न पर्दैन ।

जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश विकासमा एमाले नै नेतृत्वकर्ता भएको धारणा राखे । उनले इलामको बाटो विग्रिएको भन्दै चाँडै राजमार्ग सरह व्यवस्थित सडक निर्माण गर्ने बताए ।

इलामको नगदे बालीमा केहि समस्या देखिएको भन्दै अध्यक्ष ओलीले संरक्षण र बजारिकरणमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । अर्को एक प्रसंगमा ओलीले भने – यहाँबाट जित्नेहरुले के काम गरे ? खोई केहि देखिएन त ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *