खोजि गर्नुहोस..

६० जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण सँगै स्वास्थ्य परामर्श

अनोज थारु,

बर्दियाको बढैयाताल ६ का जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बढैयाताल गाँउपालिका ६ नं वडा कार्यालयले ८० बर्ष माथिका ६० जना जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै न्यानो कपडा वितरण गरेको हो । वडाको १ लाख बजेट अन्तर्गत प्रतिव्यक्ति १ हजार ५सय रुपैयाँ बराबरको न्यानो हुने जुत्ता, मोजा, टोपी महिलाहरुलाई सल र पुरुषहरुलाई दोसल्ला वितरण गरिएको वडा अध्यक्ष शुक्रराज सापकोटाले बताउनु भयो । जाडा समयमा न्यानो कपडा पाए पछि जेष्ठ नागरिकहरु खुसी भएका छन । बढैयाताल गाँउपालिका अध्यक्ष हिमालय त्रिमाठीको प्रमुख आथित्यमा भएको न्यानो कपडा वितरण कार्यत्रममा जेष्ठ नागरिक समाज बर्दियाका अध्यक्ष टुकराज घिमिरे, बढैयाताल ६ का वडा अध्यक्ष सुक्रराज सापकोटा, कालिका वृद्धाश्रम मैनापोखरका अध्यक्ष नरेन्द्र राज लम्साल, सिद्धीविनायक गणेश धाम नेपालगन्जका अध्यक्ष गङाधर कंडेल, नागरीक समाज सदस्यहरु यदुनन्दन शर्मा, माधब रिजाल, लिलाधर त्रिपाठी, वडा सदस्य लगायतको उपस्थित रहेको थियोे । सोही अवसरमा समर्पण फार्मेसी मैनापोखरका प्रमुख रमेश पौडेलले जेष्ठ नागरिकहरुको ब्लड प्रेसर र अन्य स्वास्थ्य परामर्श समेत दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *