खोजि गर्नुहोस..

बर्दियामा ३९ लाखको यार्सागुम्बा सहित एक जना पक्राउ

बर्दिया : सशस्त्र प्रहरी बलले गुलरिया नगरपालिका—११ गणेशपुरस्थित नेपाल–भारत सीमानामा बुधबार बेलुकी १ किलो ४ सय ग्राम यार्सागुम्बासहित एक जनालाई पक्राउ गरेको छ ।

गुलरिया—११ घर बताउने भारतीय आधार कार्डसमेत रहेका ३१ वर्षीय कमाल अहम्मद खाँलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढाले बताए ।

उनका अनुसार शंकास्पद अवस्थामा जाँदै गरेका उनको खानतलासी गर्दा टेपले बेरिएका ५ पोकामा यार्सागुम्बा फेला परेको हो । पक्राउ परेका खाँलाई डिभिजन वन कार्यालयमा कारबाहीका लागि बुझाइएको छ ।

डिभिजन वन कार्यालयका अधिकृत दिपकसिंह थारुले बरामद गरिएको यार्सागुम्बा करिब ३९ लाख मूल्यको रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *