खोजि गर्नुहोस..

बबई नदिमा दाउरा समात्न गएका तीन जना वेपत्ता

बबई नदीमा दाउरा समात्न गएका तीन जना बेपत्ता भएका छन् । लगातारको बर्षा सँगै आईतबार बबई नदीमा आएका दाउरा समात्न गएका तीन जना बेपत्ता भएका हुन् । गुलरिया नगरपालिका–१२ भैसाहीका ३० वर्षिय बालकृष्ण थारु, गुलरिया नगरपालिका–८ थपुवाका २२ वर्षिय अक्षय चौधरी र गुलरिया नगरपालिका २ पण्डितपुरका २७ बर्षिय महेश चौधरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हिक्मत बहादुर बोहराले बताउनु भयो । नदीमा दाउरा लिन गएका बेला तिनै जना बेपत्ता भएको डिएसपी बोहराले बताउनु भयो । नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजतलासको लागि परिचालन भएको छ । प्रहरीको संयुक्त टोली बोर्ड लिएर खोजतलासमा जुटेको डिएसपी बोहराले जानकारी दिनुभयो । बबई नदी चेपाङ र भादा केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको र बढ्दो क्रममा रहेको छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई प्रशासनले सतर्कत रहन अनुरोध गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home2/seropher/new.seropheroonline.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *